कपिलवस्तुको कृष्णनगरबाट चरेससहित एक युवा पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका –३ लक्ष्मीनगरबाट प्रहरीले ३.९ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
विओपी कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साँझ ४ बजे नेपालबाट भारत जाने क्रममा एक जनालाई पक्राउ गरेको हो ।

शंका लागेपछि सोधपुछ खान तलासी गर्दा चरेससहित दाङको घोराही उपमहानगरपालिका १० नरैनापुर बस्ने २७ बर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक मेघराज जोसीले बताए ।

पक्राउ परेका जोगीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation