छत्रकोट गाउँपालिकाले सरसफाई गरेर संविधान दिवस मनायो

गुल्मी । आज देखि विविध कार्यक्रमको आयोजना सहित देशै भर संविधान दिवस मनाउन थालिएको छ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिन सम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।

आजदेखि पर्सि सम्म तीन दिन कार्यक्रम गरि देशै भर संविधान दिवस मनाईनेछ। २०७२ साल असोज ३ गते संविधान सभा बाट सङ्घीयता सहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिएको छ। यस वर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो । सरकारले आज देखि तीन दिन सम्म देशै भर एवम् विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ ।

यसै विच गुल्मीको छत्रकोट गाउँपालिकाले पनि संविधान दिवस मनाएको छ।आज (आइतवार) गाउँपालिका परिसरमा सरसफाइ सहित दिप प्रज्वलन गरि संविधान मनाएको गाउँपिलकाले जनाएके छ । सरसफाइ कार्यक्रममा गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेका थिए । साथै गाउँपालिकामा संविधानका विषयमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो।

गाउँपालिकाका नि. प्रमुख प्रसाशकीय अधिकृत सन्तोष जि.सीले दिवसका अवसरमा सवैमा शुभकामना व्यक्त गर्दै संविधान सवैको साझा क्षेत्राधिकार भित्र पर्नु पर्नेमा जोड दिनु भयो। नेपालको संविधान २०७२ सवै वर्ग र क्षेत्रको पहुँच योग्य तथा सर्वोकृष्ठ संविधान हुनु पर्ने उहाँको भनाई थियो । भोली (सोमवार) संविधान दिवसको मुख्य दिन र सार्वजनिक विदा समेत रहेकाले देशैभरका सरकारी कार्यालयहरुले विविध कार्यक्रको आयोजना गरी संविधान दिवस मनाउने भएका छन् ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation