श्याम कुमार क्षेत्री (मुस्कान) को ‘जन्मभूमि’

‘जन्मभूमि’

लिस्ने लेख र झुलेनिको काखमा मेरो गाऊँ
अतिशय मनबाटै मेरो जन्मभुमि चुम्न पाऊँ
हराभराले रङ्गिएको रमाइलो लाग्छ त्यहीँ ठाऊँ
प्यूठान झुलेनिले प्रयटकहरु माझ चिनायो नाऊँ

थियो हाँस्ने खेल्ने बालापन लुङ खोलिको बगर
त्यहीँ रमझमले सजिएको आहा बहाने मेरो शहर
याद आउँछ सदा पढेलेखेको स्कुल श्री गंगा मावी
गुरुवर गुरुआमाले चढाइ राखें उच्च शिक्षा माथी

सल्ल सल्ल बगि आयो नदि कोठिभिरबाट
निश्चल हावा ल्याउछ लिस्ने लेखको शिरबाट
छ घर दुइखोलीको तिरैमा सजिएको दोभान
त्यहीँ बालापन बिताए मैले छुट्टै थियो मेरो सान

बस्दा घरैमा कहिले पनि कसैमा दुश्मनी भैन मेरो
लेख बेसि झर्दै गरिरहे साझ बिहान पानी पँधेरो
सोच्दथे म पनि दुइदिने जिन्दगीमा हाँसी रमाऊँ
मनभित्र भावना हुन्थे सदा स्वच्छताले सघाऊँ

त्यहीँ बनपाखामा जहिले चाहान्थ्यो मन भुल्न
बिहानी पख किरण खुले झैँ त्यो सृष्टिमा खुल्न
आखिरमा गहिरो जिन्दगीको भुमरीमा फसें
छोडेर जन्मभूमि चुहाउँदै पसिना परदेशमै बसें

चाहान्थ्यो मन उहीँ गाउँघर डाँडापाखा डुल्न
सकिन बगैंचाको बसन्ती वागमा बसेर फुल्न
पाईरहु यी हातले आफ्नो देशको नाम लेख्न
पाउने छन् एकदिन मलाई कवितामा देख्न

लेखकः श्यामकुमार क्षेत्री ‘मुस्कान’
ठेगानाः नौबहिनी गाउँपालिका–८ बल्लेखोला, प्यूठान
हाल कार्यरत भारत

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation