संविधान दिवसमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल नियमित रक्तदाता संघ र नगर स्तरीय युवा क्लब कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

संविधान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । सि.एन्ड.सि. हस्पिटल चार नम्बर जितपुरको प्राबिधिक सहयोगमा नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान कपिलवस्तु, मानव अधिकार तथा शान्ती समाज कपिलवस्तु, लायन्स क्लब बाणगंगाको सहभागीतामा रहेको थियो ।

बाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी थारुको प्रमुख आतिथ्यता, बाणगंगा १ का वडा अध्यक्ष सन्जु कुमार शारु, शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सि., उद्योग बाणिज्य संघका उपाध्यक्ष तुल्सिराम घिमिरे, मानव अधिकार तथा शान्ति समाजका सभापति गोबिन्द पोख्रेल, नेपाली परम्परागत लोक संस्कृती प्रतिश्ठानका अध्यक्ष बुद्धि शागर बेल्बासे, लायन्स क्लब बाणगंगाका अध्यक्ष रमेश चन्द्र भुसाल, सि.एन्ड.सि.हस्पिटलका कृष्ण प्रसाद पोख्रेल, नेपाल नियमित रक्तदाता संघ का केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

रक्तदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अँघिल्लो बर्ष सम्म कोरोना माहामारी र अहिले डेङ्गु जस्ता रोगहरुबाट कोहि कसैले रगत अभावका कारण ज्यान गरमाउन नपरोस भन्दै यस्ता किसीमका कार्यक्रमलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताउका थिए । प्रमुख अतिथी रिता कुमारी थारुले स्वस्थ्य सँग संवन्धीत कार्यक्रमलाई नगर स्तरबाट सहयोग गर्नै प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारी र कपिलवस्तु अध्यक्ष माधब घिमिरेले आगामी दिनमा जिल्लाभर प्रत्येक पालिका र वडा स्तरमा रक्तदानको महत्वलार्ई बुझाएर सबैबाट स्वतस्फूर्त रुपमा रक्तदान लिएर रगत अभाब हुन नदिने कार्य मा संस्थाले अगुवाइ गर्ने बताउनुभयो । राज्यले नागरिकलाई स्वस्थ राख्न स्वास्थ्य सम्वन्धी कुनै पनि कार्यक्रमलाई चासोमा राख्नु पर्ने बताउदै रक्तदान कार्यक्रम सफल बनाउन आर्थिक, सामाजिक र भौतिक रुपले सहयोग गर्ने सबै संघ संस्था, ब्याक्तित्व र रक्तदाताहरु प्रती धन्यवाद व्यक्त गर्नुभयो ।

No description available.नेपाल नियमित रक्तदाता संघ कपिलवस्तु शाखाका अध्यक्ष माधब घिमिरे को अध्यक्षता, नगर स्तरीय युवा कलबका अध्यक्ष मधुसूदन भुसालको स्वागत मन्तव्य र नियमित रक्तदाता संघ कपिलवस्तुका सह– सचीव मिलन चालिसेको सञ्चालनमा, सि.एन्ड.सि. हस्पिटल चार नम्बर जितपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation