पाल्पाको अर्गलीमा सिपमुलक अचार बनाउने तालिमको सम्पन्न

पाल्पा । पाल्पाको अर्गलीमा ३ दिने सीप मुलक अचार बनाउने तालिमको मंगलवार समापन गरिएको छ । असोज २ गते देखि सन्चालन भएको तालिममा ३५ जनाको सहभागी रहेको थियो। नेपाल आदिबासी जनजाती वडा समन्वय समिती तानसेन नगरपालिका वडा न १४ को आयोजना आर्थिक बर्ष ०७९÷८० को लक्षित बर्ग तर्फको बजेट बाट कार्यक्रम सन्चालन गरिएको प्रशिक्षक सुमित्रा रानाले जानकारी दिनु भयो।

May be an image of 7 people, people sitting, people standing, food and indoor
तीन दिन सम्म सन्चालित तालिममा अचार प्याकिन लेवल , मसला मात्रा पनि सहजीकरण गरिएको थियो। तालिममा लप्सि मिक्स आप कागती खुसार्नी तामा गाजर लगायतको प्रयोगात्मक अभ्यास गराइएको थियो।

पाल्पाको अर्गलीमा रहेका दिदी बैनीहरुलाई आत्मनिर्भर बनाउने , स्थानीय स्तरमा पाइने खाद्य कच्चा सामाग्रीको समुचित प्रयोग स्थानको प्रचारप्रसारको लागि यसरी कार्यक्रमको आयोजना गरिएको वडा समन्वय समितिका अध्यक्ष निम बहादुर रानाले बताउनु भयो।
समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वार्ड न १४ का वार्ड अध्यक्ष सोभाखर भट्टराईले तालिमलाई ब्यबहारमा उतार्दै अगाडी बढन महिला दिदि बैनिहरुलाई आग्रह गर्नु भयो। भट्टराईले सिकेको हरेक सीप लाई बजारमा ल्याउन नसके पनि घर बस्तीमा भएपनि प्रयोगमा ल्याइ बाहिरबाट खरिद नगर्न सुझाव दिनुभयो।

May be an image of 5 people and people standing

कार्यक्रममा वडा सदस्य राधिका थापाले नेतृत्व बिकास , सीप मुलक तालिम चुरा बनाउने भुजिया दालमोट नमकिन मैनबत्ती निर्माण , साबुन बनाउने मुडा बुन्ने अगरबत्ती तालिम अब कार्याबहन गरि ब्यबसायी बनेर अगाडी बढ्न अबको यात्रा अगाडी बढाउन आग्रह गर्नु भयो।

समापन सत्रमा राजनैतिक दलका प्रतिनिधिहरु जनप्रतिनिधी , सुरक्षा निकाय , पत्रकार, संघसस्थाका प्रतिनिधी, महिला समुहका प्रतिनिधि, सामाजिक अभियानताहरु, बित्तीय संस्था प्रमुखहरुको आथीत्यता रहेको थियो। संस्थाको अग्रज लाई सम्मान ,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई प्रोत्साहन आदिबासीको मृत्यु भएको परिवारमा आर्थिक सहयोग , दुः खिलाई सहयोग , बिपन्न बर्गलाई सहजीकरण , अवलोकन भ्रमण जस्ता कार्यक्रम पनि गर्दै आएको कार्यक्रममा चर्चा गरिएको थियो। कार्यक्रमको संचालन सस्थाका सचिव कृष्ण थापाले गर्नु भएको थियो।

May be an image of 10 people and people standing

May be an image of 1 personMay be an image of 6 people and people standing

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation