कपिलवस्तुमा सवारी दुर्घटना दुई जना घाइते

कपिलवस्तु । कपिलवस्तुको गोरुसिगेमा कार सँग मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

मोटर साइकलमा सवार दुई जना घाइते भएको खबर प्राप्त भएको छ । गोरुसिँगे स्थित कामना सेवा विकास बैंक अगाडी भएको दुर्घंटनामा दुई युवक घाइते भएको बताइएको छ ।

प्र ३०१०२२ च ९४१० नम्बर कार सँग लु ६० प ८८४६ नम्बरको पल्सर मोटरसाईल एक आपसमा ठोक्किएको हो । ईलाका प्रहरी कार्यालय गोरुसिँगेका अनुसार घाइतेलाई स्थानीय पोलिक्लिनिकमा उपचारका लागि लगिएको बताइएको छ ।

घाइतेको अवस्थाा सामान्य रहेको छ । घाइतेको परिचय खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation