
बाबुराम रायमाझी ।
कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तुले स्वर्गीय राधिका देवी अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ । जिल्लाको बाणगंगा–६, निवासी अधिकारीले समाजमा पुर्यएको योगदानलाई स्मरण गर्दै सभा गरिएको आयोजकले जनाएको छ ।
प्रेस चौतारी जिल्ला पूर्व सह–सचिव थानेस्वर अधिकारीको आमा राधिकादेवी अधिकारीको गत भदौ २८ गते ५४ वर्षको उमेरमा अल्पायुमा भएको निधनप्रति प्रेस चौतारी कपिलवस्तुले मृत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । स्व. अधिकारी विभिन्न संघसंस्थामा लामो समयदेखि सक्रिय रुपमा आबद्ध भई योगदान गर्दै आउनु भएको थियो ।
प्रेस चौतारी केन्द्रीय सदस्य पार्वती पाण्डेले राधिका देवी अधिकारीको असमायिक निधनले अभिभावक गुमाएको बताउँदै अधिकारीको अल्पायुमै भएको निधनले अपुर्णीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारणा गर्ने शक्ति प्रदान गरुन् भन्दै उहाले समवेदना प्रकट गर्नु भएको थियो । क्रियाशील सामाजिक व्यक्तित्व गुमाउँदा सिंगो प्रेस चौतारी परिवार नै मर्माहत भएको भन्दै पाण्डेले दुःख व्यक्त गर्नु भयो ।
यसैबीच प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष जानू पाण्डेले स्वर्गीय अधिकारीले संगठन र संस्थामा पुर्याएको सहयोग सधैँ स्मरणीय रहने बताउँदै उहाले दिएको प्रेरणाले अगाडी बढ्न थप उर्जा प्राप्त हुने बताउनु भएको थियो । त्यसैगरी उक्त कार्यक्रमलाई प्रेस चौतारी जिल्ला सचिव संजिव गहतराज, प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासे प्रेस चौतारीका पुर्ब केन्द्रिय सदस्य हरि अधिकारी लगायतले मृत आत्माको फोटोमा माल्यअर्पण गर्दै चिर शान्तिको कामना व्यक्त गरिएको थियो ।