आज वीर अस्पताल परिसरका औषधि पसलमा डोजर चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो।

कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो।

बगैँचामा सटरसहितको टहरा बनाएकोले आज हटाउन लागिएको जानकारी दिदै कामपा प्रहरी प्रमुख ९एसपी० राजुनाथ पाण्डेले भने वडा अध्यक्षले ती सटरहरू भत्काउन कामपा प्रहरीलाई आग्रह गर्नुभएको थियो। हामीले सबै विवरण बुझेर भत्काउने निर्णय गरेका हौं।

यो समाचार आजकोनेपाल समाचार पत्रमा प्रकाशित छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation