अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सुन सहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ स्थायी वतन भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत बिरेन्द्रनगर नगरपालिका–१ स्थायी वतन भएका १९ वर्षीय कविन्द्र विश्वककर्मा र कालिकोट पलाता गाउँपालिका–७ स्थायी वतन भएका २५ वर्षीय जिवराज बम रहेका छन् ।

हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका हिमाल र कविन्द्रलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुबाट भन्सार छली ल्याएको १÷१ थान सिक्री र १÷१ थान औंठी गरी उक्त परिमाणको सुन फेला पारी पक्राउ गरेको र सोधपुछको क्रममा उक्त सुन जिवराजले भन्सार छली ल्याउन लगाएको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation