सामाजिक अभियन्ता, पत्रकार अधिकारीको मातृशोकमा २ दर्जन संघ संस्थाद्धारा शोक सभा

कपिलवस्तु २ दर्जन सामाजिक संघ संस्थामा आवद्ध सामाजिक अभियन्ता तथा पत्रकार थानेश्वर अधिकारी मातृशोकमा परेसंगै स्व. राधिका देवी अधिकारीको स्मृतिमा विभिन्न राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्था तथा पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । माता स्व. अधिकारीको स्मृतिमा दर्जनौ सामाजिक संघ संस्था, तथा पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

नेकपा (एमालें) का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज गिरधारीलाल न्यौपाने, जिल्ला ईन्चार्ज बलराम अधिकारी, प्रदेश सांसद बिष्णु पन्थी, एमाले बाणगंगा ६ वडा कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरुले शोक सभा गरि शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो । उहाँहरुले स्व। अधिकारीले पार्टी प्रति गरेको योगदान र संघर्ष अतुलनीय रहेको बताउदै सदैव पार्टीले उच्च सम्मान गरेको बताउनुभयो ।

युवाहरुको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको नेपाल युवा संस्था संजाल (आयोनं) का निवर्तमान केन्द्रिय उपाध्यक्ष तथा सुशासनका लागि युवा परियोजना कपिलवस्तुका फोकल पर्सन थानेश्वर अधिकारीको माताको निधन भएसंगै युथ च्याम्पियन कपिलवस्तु परिवार शोक स्तब्ध भएको भन्दै च्याम्पियन परिवारले उहाँको तस्बिरमा माल्यार्पण गरि शोक प्रकट गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष रहनुभएका अधिकारीको माताको निधनको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश कार्यसमिति, कपिलवस्तु, पाल्पा, रुपन्देही, नवलपरासी, गुल्मी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितीमा शोक सभा गरिएको हो ।

यस्तै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव समेत रहनुभएका अधिकारीको निवासमा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश कार्यसमिति तथा कपिलवस्तु कार्यसमितिले लोक संस्कृति तथा संगीत क्षेत्रका एक नक्षत्र थानेश्वर अधिकारीलाई मातृशोक परेकोमा गहिरो समवेदना प्रकट गरेका छन् ।

लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक अधिकारीको मातृशोकमा नेपाल पत्रकार महासंघ कपिलवस्तु, लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक परिवार, लुम्बिनी दर्पण मिडिया प्रा.लि. लगायतका सञ्चार संस्थाहरुले पनि शोक सभा गरेका छन् ।

यसै बिच सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका कार्यकारी निर्देशक थानेश्वर अधिकारीको मातृशोकमा सामुदायिक रेडियो मायादेवी परिवारले पनि शोक शभा गरेको छ ।

यता नेकपा (एमाले), एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नंं ३३ वडा कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरुले पार्टी प्रति गरेको योगदानको उच्च सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बाघमारा बचत तथा ऋण सहकारी संस्था पोखरा महानगरपालिका वडा नंं. ३३ ले पनि श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना व्यक्त गरेका हुन् ।

त्यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्र, मानव अधिकार एलाईन्स, राष्ट्रिय जनसांस्कृतिक महासंघ, लक्ष्मणघाट सामाजिक विकास केन्द्र, लक्ष्मणघाट बोलवमधाम, राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लगायत दर्जनौ संघ संस्थाहरुले श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

स्व. अधिकारीको निधनले गाउँ शोकमा डुबेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation