धादिङको गजुरीमा स्कुले विद्यार्थीको बसको ठक्करबाट ज्यान गयो, स्थानीयवासीद्धारा बसमा आगजनी

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाण्डौबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको ज्यान गएपछि स्थानीयवासीले गाडी ठप्प पारेर प्रदर्शन गर्दा गजुरी बजार तनावग्रस्त बनेको हो ।

गजुरीकै आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो । घटनापछि स्थानीयवासीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । उनीहरूले सडक बन्द गरेर नाराबाजी गरिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

अहिले पृथ्वी राजमार्ग हुँदै गुड्ने गाडी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीयवासी र पीडितका आफन्तसँग छलफल भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा थप भिड बढ्न नदिन प्रहरीले काठमाण्डौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनीघाट क्षेत्रमा गाडी रोकको छ । अहिले सयौँ गाडी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले स्कर्टिङ गरेर पास गराइरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation