प्रयास सहकारीको १५ औं साधारणसभा भव्यताका साथ सम्पन्न

बुटवल । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुटवल १२ तामनगरमा रहेको सो सहकारीले शनिवार भव्यताका साथ साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं १२ का वडाअध्यक्ष डिल्लीराज शर्माले समग्र वडाबासीहरुको प्रगति र विकासको लागि प्रयास सहकारीले खेल्दै आएको भुमिका सर्हानिय रहेको प्रति खुशि ब्यक्त गर्दै आगामि दिनमा थप योजनाका साथ सेयर सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

No description available.

बुटवल १२ राजपुर स्थित होटल द तारामा आयोजित साधारणसभामा अध्यक्ष , कोषाध्यक्ष र आन्तरिक लेखा सुपरिवेक्षण समिति संयोजकहरुले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरि प्रतिवेदन पारित गरिएको थियो । अध्यक्ष भिम बहादुर थापा, उपाध्यक्ष ईश्वरीप्रसाद रेग्मी, सचीव प्रकाशमणि खनाल,कोषाध्यक्ष मोहन शर्मा पाण्डे तथा लेखा संयोजक नारायण शर्माले संस्थाका निति, कार्यक्रम, भावी योजना र भैरहेका गतिविधिहरुको प्रगतिहरुको विवरणको बारेमा भनाइहरु राख्नुभएको थियोे ।

कार्यक्रम संस्थाका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लीराज शर्माको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य रिना भुसाल, वरिष्ठ समाजसेवी उदयराज काफ्ले र पुर्व जनप्रतिनिधि दुर्गाप्रसाद सुवेदीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रम संस्थाका सचीव प्रकाशमणि खनालको संचालनमा सम्पन्न भएको हो।

कार्यक्रममा ६०० बढी सेयर सदस्यहरु प्रत्यक्ष उपस्थित भई आफ्ना महत्त्वपूर्ण सुझाव राख्नुभएको आयोजकले जानकारी दिए। सस्थाले सदस्यहरुलाइ जीवन उकास्न सकोस भन्दै सफलताको लागि शुभकामना समेत प्रदान गरिएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation