राप्रपामा पार्टी प्रवेशको लहर

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पार्टि प्रवेशको लहर चलेको छ । सोमबार बाणगङ्गा नगरपालिका ४ ठाकुरापुरमा शृजना भुसाल, गंगा पौडेल ,अनिता पोख्रेल लगायत दर्जन युवा युवतीहरु पार्टी प्रवेश गरेको जिल्ला संगठन बिभाग प्रमुख राजेन्द्र बिक्रम शाहले जानकारी दिनुभयो ।

भ्रष्टाचार गर्नु आमाको रगत खाए बराबर हो हामिलाइ कार्यकारी शक्ति दिनुभएमा भ्रष्टाचारको अन्त्य , प्रदेश खारेज, हिन्दुराज्य बनाइ संबैधानिक राजसंस्थाको ब्यबस्था सहितको समृद्ध र सुनौलो नेपाल को अभियान को नारा लिएर हिंडेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा देश ब्यापी रुपमानै पार्टि प्रवेशको लहर छाएको हो । नगर अध्यक्ष गिरिराज कंडेलको अध्यक्षता, केन्द्रिय सदस्य डाक्टर माधब पन्थीको प्रमुख आतिथ्यता, जनजाति महासंघका केन्द्रिय सदस्य सुर्य गुरुङ, उद्योग व्यापार प्रबर्द्धन संघका जिल्ला संयोजक राजेश तिवारीको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा बोल्दै सबै बक्ताहरुले रास्ट्र र जनताको हितमा अब राप्रपाको बिकल्प नभएको बताउनुभएको छ। कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य डाक्टर पन्थीले भ्रष्टाचारलाई आमाको रगत घोषणा गरेर विभिन्न बिविधताले पहिचान भएको हाम्रो नेपाल हिन्दुराज्य बनाइ हजारौं राजा फालेर एउटा राजा पाल्ने अभियानमा जोडिनुहुने सबैलाइ शसक्तm भुमिकामा जोडेर अगाडि बढाइने जनाउनुभएको छ। उक्त कार्यक्रममा बोल्दै नेता गुरुङ र शाहले पनि हाम्रो पार्टीले निर्देश गरेका दिशालाइ जनता माझ बुझाउदै अब चुनाबको व्यापक रुपमा सक्रियता जनाउन हरेक टोलदेखी केन्द्र सम्मका नेता कार्यकर्ता एक ढिका भएर लाग्न आग्रह गर्नु भएको थियो।

पछिल्लो समय लगभग दिनौं पार्टी प्रदेशको लहरले चुनाब नजिकिदै गर्दा थप दरिलो उत्साह भरेको र उत्साहजनक मतले मंसिर ४ मा राप्रपाको भिन्नै पहिचान बन्नेमा आफू ढुक्क रहेको नगर अध्यक्ष गिरिराज कंडेलले जनकारी गराउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation