टोल विकास संस्थाको अध्यक्षमा निर्वाचन, एमाले विजयी

सैनामैना । सैनामैना नगरपालिका वडा नं १ मा रहेको रानीबगैँचा टोल बिकास संस्थाको अध्यक्षका लागि गरिएको निर्वाचनमा एमाले उम्मेदवारले फराकिलो अङ्कले विजयी भएका छन । संस्थाको कार्य समिति सहमतिबाट चयन हुन नसके पछि बुधबार दिनको १ देखि ४ बजेसम्म मतदान कार्य भएको थियो ।

जम्मा २०६ घरधुरी रहेको उक्त टोल विकास संस्थामा जम्मा १८३ मत खसेको थियो । एक सय त्रियासी मत मध्ये नेपाली काङ्ग्रेसका लालबहादुर कालाले ४७ मत पाएका थिए भने नेकपा एमालेका धन बहादुर थापाले १३२ मत प्राप्त गरि विजयी भएका हुन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation