लक्ष्मणघाट सामुदायिक वनको २४औं वार्षिक साधरणसभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री लक्ष्मणघाट सामुदायिक बन उपभोक्ता समूहले बिहिबार सस्ंथाको २४औं वार्षिक साधरणसभा गरेको छ ।

सम्पन्न साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख रिता चौधरीले सरकारले जनतालाई सामुदायिक बनको रक्षाको जिम्मा दिएको भन्दै बनमा रहेका जडिबुटीको पहिचान गरि सहि सदुपयोग पनि गर्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक बनलाई सुन्दरीकरण गरि पर्यटकीय स्थलका रूपमा बिकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरूले आ आफ्ना भनाइ सहित सफलताको शुभकामना दिएका थिए। २६ दशमलव २८ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक बनमा ३ सय ४७ घरधुरी संख्या रहेका छन्।

सम्पन्न साधारण सभा कार्यक्रममा वन कार्यसमितिका कोषाध्यक्ष रामचन्द्र मरासिनीले २७ लाख ८१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । बनको कुल कारोबार ८ लाख ८४ हजार ८ सय ९५ रूपियाँ बराबरको भएको पनि जनाइएको छ ।

कार्यक्रम बनका अध्यक्ष खडग बहादुर थापाको अध्यक्षता, जिल्ला बन महासंघका अध्यक्ष हुमनाथ भट्टराईको प्रमुख आतिथ्यता, वडा न। ६ का वडा सदस्यहरू यमबहादुर प्युठानी, पशुपतिया थारू , तारा दुतराज , मोतिपुर सव डिभिजनका प्रमुख बिष्णु थारू , लक्ष्मणघाट टोल बिकास संस्थाका अध्यक्ष झंकेस्वर खनालको बिशिस्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रम उपाध्यक्ष माधव खनालको स्वागत मन्त्ब्य र सचिव अपिला भुसाल (टन्डन)को सञ्चालनमा सम्पन्न भएको हो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation