शनिवार मलमलामा शुभकामना आदान प्रदान कार्यक्रम हुदैं

सैनामैना । सैनामैना नगरपालिकाको चुरे काखमा अवस्थित मलमला मन्दिरले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । नगरकै एक महत्वपूर्ण गौरव ऎतिहासिक , धार्मिक , सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा नजिकिँदै गरेको हिन्दुहरुको महान पर्व बिजया दशमी , शुभ दिपावली , छठ र नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान गर्न लागेको हो ।

सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भोलि (असोज १५ गते शनिवार) विहान ८ वजे मलमला मन्दिर परिसरमै शुभकामना आदान प्रदान कार्यक्रम हुने आयोजक समितिले जानकारी गराएको छ ।

नगर भित्र कृयाशिल राजनीतिक दल तथा सामाजिक संघसस्था लगायत सम्पुर्ण सरोकारवाला तथ वर्तमान सम्पुर्ण समिति , सदस्य , आजीवन सदस्य , संस्थापक एवम सर्वसाधारणहरुलाई कार्यक्रममा उपस्थिति हुन समेत अनुरोध गरिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation