एमाले युवा नेता पाण्डेद्धारा पार्टी परित्याग

कपिलवस्तुर । नेकपा एमालेका युवा नेता सुवास पाण्डेले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार एक पत्र निकाल्दै पाण्डेले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

नेकपा एमाले वाणगंगा सदस्य तथा राष्ट्रिय युवासंघका सचिवालय समेत रहनुभएका पाण्डेले पार्टीभित्र चरम गुटबन्दी, अवसरवाद मौलाएको भन्दै बैचारीक स्खलन तथा भ्रमपूर्ण गतिबिधिीबाट जनतालाई झुक्काउने काम गरेको बताउनुभएको छ ।

युवा पहरेदारी, समझदारी र खबरदारीको सम्बाहक रहेकाले समाज रुपान्तरणमा युवाको भूमिका स्वाभिमानी हुनुपर्ने उक्त पत्र मार्फत बताउनुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation