हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको छ: अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताएका छन् ।

बिहीबार मुस्लिम आयोगको केन्द्रीय कार्यालयमा आयोजित दसैँ एवं दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा आयोगका अध्यक्ष अन्सारीले नेपालका केही जिल्लाहरूमा हिन्दु–मुस्लिमको सुमधुर सम्बन्ध र धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउने प्रयास भइरहेको बताएका हुन् । यस्ता गतिविधिबाट बच्न जरुरी रहेको उनले बताए ।

उनले हिन्दु–मुस्लिमबीच झगडा नभई प्रतिगामी तत्त्वहरूले धार्मिक सहिष्णुतालाई खलल पुर्‍याउन अवाञ्छनीय गतिविधि गरिरहेको आरोप लगाए । उनले मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमले छुट्टै भिन्नता रहेको र यसले दुई धर्मबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा सहयोग पुग्ने बताए ।

हाम्रो देश बहुभाषी, बहुजाति, बहुधर्म, एक आपसमा मिलेर बसेका, विभिन्न जातजातिहरू मिलेर बसेको देश हो । हिन्दु समुदायको महान पर्वमा मुस्लिम आयोगद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको छुट्टै भिन्नता छ । यो कार्यक्रमको मुख्य उद्देश्य हाम्रो सामाजिक सद्भाव, धार्मिक सहिष्णुता त्यसमा थप मद्दत पुगोस् भनेर हो,ू उनले भने ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरूको उपस्थिति थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation