ऎतिहासिक पर्यटकीय स्थल मलमलामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना स्थित चुरे पहाडमा अवस्थित एतिहासिक, धार्मिक ,सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा आज ( शनिवार) एक कार्यक्रम वीच नेपाली मौलिक तथा सास्कृतिक पर्वहरुको अवसरमा शुभकामना आदन – प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमका अध्यक्ष गुणाखर भट्टराईको अध्यक्षता र सचीव पदम प्रसाद पाण्डेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता र उपप्रमुख बिना रानाको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले मलमलाको एकीकृत विकासमा नगर कार्यपालिकाले स्वामित्त ग्रहण गर्दै एशियाली बिकास बैंक (ADB) सङ्ग साझेदारीमा कार्य प्रक्रिया शुरु भएको र पहिलो चरणमा (ADB) का प्राविधिक सहितको समूहले निरीक्षण गरेको जानकारी गराउनु भयो ।

No description available.

उप प्रमुख बिना रानाले आफू दोस्रो कार्यकाल पनि नगर उपप्रमुख भएको र पहिलेदेखिनै यस क्षेत्रको विकासमा आफ्नो जोड रहेको र अगाडि सारिएका योजनालाई निरन्तरता दिन थप जोड गर्ने भन्दै आफ्नो प्रतिवद्दता व्यक्त गर्नु भयो । नेकपा (एमाले) का लुम्बिनी प्रदेश सदस्य खुशीराम चौधरीले मलमल चौरा बाबा एक सिद्ध पुरुषको रुपमा तराईवासीको रक्षक भएको र तत्कालीन गरोवाल तप्पा अन्तर्गत बसोबास गर्ने थारु समुदायले आफुहरुलाई जंगली जनावर र चोरडाकुहरुबाट सुरक्षित राख्न रक्षा कवजको रुपमा चुरे पहाडमा मलमल चौराबाबा र तल्लो समथर भुभाग करमपासीमा पासीको पुजा गर्ने चलन रहेको जानकारी गराउनु भयो । No description available.

कार्यक्रममा उपस्थित नेकपाकि नेतृ देवी भट्टराई , सैनामैना ६ र ८ का वार्ड अध्यक्षहरु क्रमशः गोपाल पोख्रेल र बुद्धिराम थारु , जनजागृति युवाक्लवका अध्यक्ष मित्र खनाल लगायतले शुभकामना व्यक्त गर्दै मलमलाको बिकासमा ३ वटै तहका सरकारको ध्यान केन्द्रित गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपाका नेता हरीनारायण चौधरी , राष्ट्रिय जनमोर्चाका नेता जागेश्वर रेग्मी नगर  कार्यपालिका सदस्य माया बि क , वार्ड सदस्यहरु नारायण न्यौपाने , गीता घिमिरे , आपखोला खानेपानी सस्थाका अध्यक्ष टोपलाल पोख्रेल , देवीस्थान खानेपानीका सदस्य गम्भी चौधरी , समाजसेवी मोदनाथ बेल्वासे , राम प्रसाद घिमिरे , मलमल चौरा युवा क्लबका सचिब सुनिल चौधरी , शिक्षक पर्शुराम चौधरी , पत्रकार रमेश गैरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नबनिर्मित मलमल चौरा बाबा सास्कृतिक मठको अबलोकन सङ्गै सामाजसेवी बालकृष्ण भट्टराईले करिब ३ लाख लागतमा निर्माण गरेको गेट र घण्ट को समुदघाटन साथै जनजागृती युवा क्लबले निर्माण गरेको जुत्ता चप्पल राख्ने र्याक हस्तान्तरण कार्य समेत सम्पन्न भएको थियो ।

No description available.No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation