मुलुकलेनै राप्रपा चाहेको छ: रायमाझी

कपिलबस्तु । रास्ट्रिय प्रजातन्त्र पार्टि बाणगंगा नगर कार्यसमितिले नगर स्तरिय प्रशिक्षण तथा बाणगंगाको चुनाव प्रचार–प्रसारलाई तिव्रता दिने भएको छ ।

शनिवार पार्टि कार्यलयको उदघाटन गर्दै केन्द्रिय सदस्य ध्रुब रायमाझीले बिचार नेतृत्वको हिसाबले मुलुकलेनै राप्रपा चाहेको कुरा वताउनुभयो । पार्टिले लिएको संघियता खारिज, हिन्दुत्व राजसंस्था पुर्नस्थापना र भ्रष्टचारमुक्त नेपाल बनाउन एक चोटि मात्र राप्रपाको नेतृत्वमा सरकार बनाउनको लागि आजको दिन देखि जनताको घर दैलो पुगि जनतालाई जागरुप गर्ने बताउनुभएको छ । नेपाली काग्रेस, एमाले र माओबादि संग कुनै एजेन्डा नभएको र यी दललाई पटक–पटक नेपाली जनताले बहुमत र दुई तिहाई मत दिदा समेत आफ्नो सरकार आफै गिराई मुलुकलाई अस्थिर बनाएकोले एक पटक मात्र राप्रपाका उमेदवारलाई बिजय बनाउन उच्च मनोबलसाथ जनताको घर दैलो जान सवै नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

No description available.

कार्यलयको उदघाटनकै अबसरमा नगरका कार्यकर्तालाई प्रशिक्षक तथा नगर प्रबक्ता भिम शाहिले पार्टिको निति, बिचार, नेतृत्वको बिकास र चुनावी रणनिति बारे प्रशिक्षण दिनु भएको थियो । सोहि अबसरमा संगठन बारे राजेन्द्र बिक्रम शाह अन्य पार्टि संगको समबन्ध बारे पनि चन्द्र भन्डारि र भोजराज आर्चार्यले बोल्नु भएको थियो । कार्यक्रम नगर अध्यक्ष गिरिराज कडेलको अध्यक्षता, सागर हमालको संचालन र जिव नारायण थारुको स्वागत मनतव्य राख्नुभएको थियो। । कार्यलय उदघाटनको स्वतिक बाचन ज्यो. चन्द्र भुषालले गर्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation