बारामा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६–००१ ख–०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई हेटौंडा र चितवनमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक छ।

चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने बोगटीले बताए। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको उनले जानकारी दिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation