स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरो

प्यूठान । गत तिन दिन यता देखि परेको अविरल वर्षाका कारण स्वर्गद्वारी नगरपालिका लगाएत जिल्लानै प्रभावित बनेको छ । सडक भासिएर र पहिरोले वन्द छ भने घर, गोठ समेत पहिरोले वगाएको छ ।

यतिवेला देशभरकै जन जीवन वर्षाले प्रभावित पारेको छ नै प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका भित्रका मुख्य मोटरबाटो मात्र नभएर गाउँ बस्तीमा जाने शाखा मोटरबाटो पनि अवरुद्ध भएका छन । रोल्पा भालुबाङ सडक अन्तर्गत पर्ने सडकहरू पटक पटक अवरुद्ध भए पनि स्वर्गद्वारी नगरपालिका प्यूठानका नगरप्रमुख टेक प्रसाद भण्डारी निरन्तर रुपमा सक्रिय रुपमा खटेर उहाँकै नेतृत्व र व्यवस्थापन केहि सडक सञ्चालनमा आएका छन्। यद्यपि गाउँ बस्तीमा पुग्ने शाखा मोटरबाटाहरू पुर्णरुपमा प्रभावित बनेका छन ।

मोटरबाटो मात्र नभएर अविरल वर्षाले नागरिकहरूको घरमा पनि क्षती पुगेको नगरप्रमुख टेक प्रसाद भण्डारीले बताउनु भएको छ । नगरप्रमुख भण्डारीका अनुसार स्वर्गद्वारी १ कोचिबाङ दाबाङमा दुई घर भत्किएका छन भने वडा नम्बर २जोगिमारामा १ घर १ मन्दिर भत्किएर क्षतिग्रस्त भएका छन । स्वर्गद्वारी ३ नेवारे र भिङ्ग्रीमा १–१ घर भत्किएर क्षतिग्रस्त हुँदा वडा नम्बर ४ मा घरमाथीबाट पहिरो आउदा २ घरमा क्षती भएको छ । वडा नम्बर ५ वडा कार्यालय नजिकै एक घरमा क्षती भएको छ भने वडा नम्बर ६ डरनेटामा दुई घर पुरिएका छन भने एक गोठ भत्किएको छ यसै गरी १ घर उच्च जोखिममा छ भने तिमीलेको एक प्राथमिक विद्यालय उच्च जोखिममा छ । वडा नम्बर ८ बर्जिबाङमा घर गोठ देखी मुनि पहिरो खस्दा जोखिममा छन भने वडा नम्बर ९ मा एक घर गोठ क्षतिग्रस्त छन ।

अहिले सम्म यस क्षेत्रमा कुनै मानविय क्षति भने भएको छैन । अन्य ठाउमा के कस्ता क्षति भएको छ जानकारी आउन अझै बाकी रहेको छ । पालिका भित्र वर्षले के कति क्षती पु¥याएको छ त भन्दै नगरप्रमुख टेक प्रसाद भण्डारी निरन्तर खटिरहनुभएको छ । वास स्थान नभएकाहरुको विवरण सङ्कल गर्दै सुरक्षित स्थानमा लैजान र राहतको लागि सम्बन्धित निकाय र गृहमन्त्रालयमा जानकारी गराउन निरन्तर लागिरहनु भएको नगर प्रमुखको सचिवालयले बताएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation