एमाले रूपन्देही–५ मा बासुदेव घिमिरेलाई टिकट

आसन्न निर्वाचनका लागि नेकपा एमालेले रूपन्देही क्षेत्र नम्बर ५ बाट नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ।

तालमेलका लागि भन्दै सिट खाली राखेको एमालेले शनिबार साँझ मात्रै घिमिरेलाई क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारको पत्र दिएको हो।

तिलोत्तमा नगरपालिकाको मेयर हुँदा उत्कृष्ट कार्य गरेको भन्दै चर्चा कमाएका घिमिरे केन्द्रीय स्थानीय विभाग सदस्य, पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्।

यसअघि उनी रूपन्देही क्षेत्र नम्बर ३ बाट सिफारिस भएका थिए।

क्षेत्र नम्बर ५ मा यसअघि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको नाम एकल सिफारिस भए पनि उनको कार्यकाल बाँकी रहेकाले पार्टीले उनलाई रोकेको हो।

सोही क्षेत्रबाट नेता घिमिरे उम्मेदवार बनेका हुन्।

क्षेत्र नम्बर ५ मा सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसका भरत कुमार शाहलाई उम्मेदवार बनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation