अर्घाखाँचीका हरिप्रसाद भुसाल स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा लड्ने

अर्घाखाँची । एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरुमा सक्रिय छन् ।

भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा होमिएको भुसालले बताएका छन् । ‘भ्रष्टाचार र अनियमितताको विरुद्ध मेरो उम्मेदवारी हो,’ भुसालले भने ‘राजनीतिलाई पेशा बनाएर लुट तन्त्र मच्याउनेहरूलाई यो पटक जसरी पनि रोक्नुपर्छ ।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation