कपिलवस्तु क्षेत्र नं १ ‘क’ मा गठबन्धनबाट घिमिरेले पाए टिकट

निक्कै रस्साकस्सीका विच कपिलवस्तु क्षेत्र नं १ प्रदेशसभा (क) का लागि गठबन्धन सहयात्री दल नेपाली कांग्रेसले उमेद्वार टुंगो लगाएको छ ।
निकै प्रतिस्पर्धाका विचबाट डोलकराम घिमिरेको नाम टुंगो लागेको हो । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका घिमिरे उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष हुन् । उनि र एमालेबाट प्रदेश १ मा उमेद्वार रहेका विष्णु पंन्थी विच अव निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यस अगाडी फरक राजनितिक नेतृत्वमा रहेका एक अर्काका पुरक रहेकै नेताविचको प्रतिस्पर्धाले क्षेत्र नं १ क को चुनाव निकै रोचक हुने एक नेताले बताए । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रबाट चक्रपाणी खनाल बलदेव को नाम सिफासिर भएपछी क कांग्रेसको पोल्टामा परेको थियो । यस अगाडी क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले ४ जना आकांक्षीको नाम केन्द्रमा पठाएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation