रवि लामिछानेले चितवन२ बाट उम्मेदवारी दिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुहुने भएको छ । उम्मेदवारी मनोनयनका लागि रविसहितको टोली चितवन आइपुगेको छ ।

यसअघि चितवन–३ बाट उठ्ने तयारी गर्नुभएका उहाँले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट उठ्ने निर्णय गर्नुभएको हो । काठमाण्डौको २ र ३ मा पनि उहाँको चर्चा रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–१ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्ताहरुसँग छलफल गर्ने बताइएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation