कपिलवस्तुमा मुहम्मद जयन्ती हर्सौउल्लासका साथ मनाइदै

कपिलवस्तु। कपिलवस्तु जिल्लामा मुस्लिम समुदायहरुले मुहम्मद जयन्ती हर्सौउल्लासका साथ मनाउदैं छन । इस्लामधर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको (ﷺ) १४९७ औँ जन्मउत्सवमा देश भरिका मुस्लिमहरु हार्सौउल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लम (ﷺं) को १४९७ औँ जन्मउत्सव देश भरि ¥याली निकाली धुमधामका साथ मनाउदैं छन ।

त्यस्तै गरि कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिम समुदायहरुले ¥यालि निकाली हर्सौउल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लम (ﷺ ) को १४९७ औँ जन्म उत्सव मनाउदै छन । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको ¥यालि कपिलवस्तु जिल्लाको कृष्णनगर , चन्द्रौटा, पकडी , तौलिहवा लगायतका बिभिन्न ठाँउ ठाँउमा आइतवार परिक्रमा गरेका छन । त्यस्तै गरि कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा लाखौ भन्दा बढि मुस्लिमहरुले ¥यालि निकाली तौलिहवा बजार भरि परिक्रमा गरि कपिलवस्तु जिल्ला तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको छ ।

स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरुको सहभागितामा वृहत ¥यालि निकालीएको थिए । इस्लामिक क्यालेण्डरको तेस्रो महिना रवि उल्ल अव्वलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लम (ﷺ ) को १४९७ औँ जन्मउत्सव शदियौ देखि मनाइउदै आईरहेका छन धर्मगुरु हजरत मौलाना अलि हसन निजामि ले बताए ।

No description available.

नेपालमा लोकतन्त्रको स्थापना भयो देश धर्मनिरपेक्ष भयो तब देखि नै नेपाल संबिधान मै रहेका (मोहम्मद डे )
मुस्लिमधर्मालम्बीहरुको १२ रवि उल्ल अव्वलको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा अहिलेको सरकारले विधान विपरित यो बिदा कटौती गरेरा मुस्लिम समुदायहरुलाई अवहेलना गरेका छन । नेपाल सरकारले असोज २३ गते (मोहम्मद डे) मुस्लिमधर्मालम्बीको १२ रवि उल्ल अव्वलको अवसरमा सार्वजनिक विदा कटिएकोमा कपिलवस्तुका मुस्लिम धर्मावलम्बीहरुले नेपाल सरकार प्रति अक्रोशित भएका छन । यस सरकारले मुस्लिम समुदायहरुको महान चाड पर्बहरु ईद—उल—फित्र (ईद), ईद—उल—अजह (बकरा ईद), पैगम्बर मोहम्मद हजरत मुहम्मद सल्ललाहुताला वए वसल्लमको (ﷺ ) जन्म जयन्ती ( १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरम समेतको चाड पर्ब सार्बजनिक बिदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समाबेशी संबैधानिक हक अधिकार कुन्ठित हुने गरी भेदभाव प्रष्ट देखिएको हुदा संबिधानको र्मम मनसाय अनुरुप मुस्लिमहरुको छुट्टै पहिचान सहितको आरक्षणको ब्यवस्था गरी नेपाल सरकारले उक्त बिदाहरु संघिय सरकार र प्रादेशिक सरकार द्धारा सार्वजनिक सुचिमा राखी समाबेश गरी माग समेत नेपाल सरकार सँग गरेको जमा मस्जिद आहले सुन्नत, तौलिहवाका अध्यक्ष एवं मुस्लिम अगुवा अधिवक्ता राउफ अहमद खाँले बताए ।
तथा सम्पूर्ण मुस्लिमधर्मावलम्बीहरुले समेत नेपाल सरकार सँग मुस्लिम समुदायहरुको छुट्टै पहिचान सहितको आरक्षणको जोडदार माग गरेका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation