रुपन्देही–२ मा एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी दर्ता

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर (२ बाट मनोनयन दर्ता गराएका छन् ।

पौडेलले रुपन्देही९(२ बाट दलबल सहित बुटवल उपमहानगर रहेकोे निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उदबिर नेपालीले जानकारी दिए।

रुपन्देही २ मा मतदान केन्द्र १३१, मतदान स्थल २३ वटा रहेका छ्न् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न् । यो क्षेत्रबाट पौडेल ३ पटक निवाचन जितेका छ्न् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation