नेकपा (एमाले) कपिलवस्तुद्धारा ९ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता

बाणगंगा । नेकपा (एमाले) कपिलवस्तुले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ९ स्थानमा मनोनयन दर्ता गरेको छ ।

जिल्लाका ३ प्रतिनिधि सभा ६ प्रदेश सभा गरी ९ वटै स्थानमा उम्मेदवारको मनोनयन दर्ता गरिएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा–१ बाट एमाले केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य बलराम अधिकारीले मनोनयन दर्ता गरेका छन् ।

प्रदेश सभाको ‘क’ बाट एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् निवर्तमान प्रदेश सभा सदस्य विष्णु पन्थी, ‘ख’ बाट मधुशुधन शरण चौधरीले मनोनयन दर्ता गरेका छन् ।

प्रतिनिधि सभा–२ बाट एमाले केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश सभा ‘क’ बाट नवराज लामिछाने र २ को ‘ख’ बाट निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवको मनोनयन दर्ता गरेको एमालेले जनाएको छ ।

प्रतिनिधि सभा–३ बाट एमाले केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ताको मनोनयन दर्ता भएको छ ।

प्रदेश सभा ‘क’ बाट अर्जुन कुमार केसी र ‘ख’ बाट रजाउ रहमान खाँको उम्मेद्वारी परेको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

उम्मेद्वारी दर्ताका लागि एमालेले तीन वटै निर्वाचन क्षेत्रमा दलबलसहित कार्यकर्ता उतारेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation