रुपन्देही–५ गठबन्धनमा बागी, काग्रेसका शाहविरुद्ध माओवादीकी शर्मा

बुटवल । सत्तरुढ गठबन्धन दलहरु बीच रुपन्देहीमा पनि खटपट देखिएको छ । उम्मेदवारी दर्ता गराउने क्रममा आइतबार गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भरत शाह विरुद्ध माओवादी नेतृ दिपिका शर्मा लम्सालले बागी उम्मेदवारी दर्ता गरेकी छन्।

रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट काँग्रेस नेता शाहले उम्मेदवारी दर्ता गराएपनि नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् सो क्षेत्रकी सह–ईन्चार्ज रहेकी लम्सालले मनोनयन दर्ता गराएकी छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation