गठबन्धनको प्यूठानमा निर्वाचन परिचालन समिति गठन

प्यूठान । पाँचदलिय गठबन्धनले प्यूठानमा निर्वाचन परिचालन समिति गठन गरेकोछ । प्रतिनिधि र प्रदश सभा निर्वाचनमा चुनाब प्रचारप्रसारलाई प्रभावकारी बनाउन गठबन्धनले सोमबार परिचालन कमिटि गठन गरेको हो ।

प्रतिनिधि सभा निर्वाचन परिचालन समितिमा राष्ट्रिय जनमोर्चाका बोम बहादुर खत्रीको संयोजक रहेको छ । नेपाली कांग्रेसका सुवास केसी, नेकपा (माओवादी केन्द्र)का नारायाण अधिकारी, नेकपा(एकीकृत समाजवादी)का राजकुमार कक्षपति, नेपाल समाजवादी पार्टीका श्याम गहतराज सदस्य रहेको बताईएकोछ । प्रदेश क्षेत्र ‘क’ मा नेकपा (माओवादी केन्द्र) का यज्ञ बहादुर केसीको संयोजकत्वमा नेपाली कांग्रेसका टोपाराम कालाथोकी, राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य, नेकपा (एकीकृत समाजवादी)का कृष्ण रायमाझी, नेपाल समाजवादी पार्टीका शिवबहादुर पुन सदस्य रहेकाछन् । यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सह महामन्त्री नीमा गिरीको संयोजकत्वमा प्रदेश ‘ख’ को निर्वाचन परिचालन समिति बनाइएको छ । जसको सदस्यमा नेकपा (माओवादी केन्द्र)का विश्वबन्धु थापा, राष्ट्रिय जनमोर्चाका तिलक जिसी, नेकपा (एकीकृत समाजवादी)का दलबहादुर केसी र नेपाल समाजवादी पार्टीका दामोदर गिरी रहनुभएको छ ।

निर्वाचन परिचालनको लागि प्रतिनिधि सभा अन्तरगत जुमी र प्रदेश सभा निर्वाचन परिचालनका लागि माण्डबी गाउँपालिकाको चकचके र प्यूठान न पा को बाग्दुलामा सम्पर्क कार्यालय स्थापना गर्ने बैठकले निणर्य गरेको संयुक्त बक्तव्यमा उल्लेख गरिएकोछ ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation