गठबन्धनले जितेमा देशले निकास पाँउछः आर्चाय

बाणगंगा । राष्ट्रीय जनमोर्चा पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष दधिराम आर्चायले राष्ट्रलाई प्रतिगमनबाट बचाउदैँ देशलाई निकास दिन गठबन्धनलाई जिताउँन आवश्यक रहेको बताए ।

कपिलवस्तु क्षेत्र नः १ (क) मा आज बसेको गठबन्धनको बैठकमा बोल्दै उनले दुई तिहाइ मतलाई अपमान गर्दै देशलाई प्रतिगमन तर्फ एमालेले लैजाने प्रयास गरेका कारण यसका बिरुद्ध सबै एकैजुट भई गठबन्धनलाई जिताउन आवश्यक रहेको उनले बताए । आर्चाय राष्ट्रीय जनमोर्चा पार्टीका केन्द्रिय सल्लाहकार तथा प्रदेश सदस्य समेत रहेका छन । कपिलवस्तु जिल्लाका ३ प्रतिनिधि सभा सदस्य र ६ वटा प्रदेश सभा सदस्यका लागी हुने निर्वाचनमा राष्ट्रीय जनमोर्चा पार्टीले गठबन्धनलाई निस्वार्थ सहयोग गर्ने बताएका छन । गठबन्धनमा हाम्रो पार्टी पनि छ, सहयोग गर्नु हाम्रो धर्म हो बताउदै उनले गठबन्धन भन्दा एक मत पनि बाहिर नजानेमा ढुक्क रहन उनले गठबन्धनका नेताहरुलाई आश्वासन समेत दिएका थिए ।

गठबन्धनमा नेपाली कांगेस , माओवादी केन्द्र, एकिकृत समाजवादी, राष्ट्रीय जनमोर्चा पार्टीका ३० बढि नेताहरुको सहभागिता रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation