विप्लव नेतृत्व नेकपाको ९ औं महाधिवेशन शिवगढीमा सुरु

कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् ।

काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिनुभयो ।

पार्टी विभाजनपछि आगामी कार्यदिशा तथा मंसिर ४ गते हुने निर्वाचनका लागि सो पार्टीको रणनीतिलाई यो महाधिवेशनले टुंगो लगाउने भएकाले पनि विशेष चासोको रूपमा हेरिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation