छत्रकोटमा अभिमुखिकरण तथा क्षमता अभिवृद्धि तालिम सुरु

गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाका विभिन्न आयोजना सञ्चालन गर्नका निम्ति गठित उपभोक्ता समितिका पदाधिकारीका लागि अभिमुखिकरण तथा क्षमता अभिवृद्धि सम्वन्धि तालिम सञ्चालनलाई जारी राखेको छ।
जस अनुसार बुधवार वडा नं. २ पल्लिकोटका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धि सम्वन्धि तालिम सम्पन्न भएको छत्रकोट गाउँपालिकाका योजना शाखा प्रमुख हरी टण्डनले जानकारी दिनु भयो ।

योजना शाखा प्रमुख टणडनका अनुसार गाउँपालिकाका सम्पुर्ण ६ वटै वडाहरुमा सो अभिमुखीकरण तथा क्षमता अभिवृद्धि सम्वन्धि तालिम सञ्चालन गरिनेछ। विशेषगरी आयोजना सञ्चालन तथा व्यवस्थापनका सम्वन्धमा वडागत रुपमा रहेका विभिन्न उपभोक्ता समितिमा आवद्ध पदाधिकारीहरुलाई १ दिने अभिमुखीकरण तथा क्षमता अभिवृद्धि तालिम दिन लागिएको अनुगमन समितिका संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवालीले बताउनु भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, प्रमुख प्रसाशकीय अधिकृत वीर बहादुर पुन, आर्थिक विकास समितिका संयोजक तथा वडा नं.२का वडा अध्यक्ष नरेन्द्र बहादुर पल्ली ,योजना शाखा प्रमुख हरी टण्डन, लेखा शाखा प्रमुख सन्तोष जि.सी सम्वन्धित वडाका विभिन्न उपभोक्ता समितिका पदाधिकारी लगाएको विशेष उपस्थिति रहेको थियो ।
तालिम तथा कार्यक्रम विहिवार वडा नं.३मा सञ्चालन हुने आयोजकले बताएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation