स्वतन्त्रबाट गयादिन कुर्मि कपिलवस्तु क्षेत्र नं. २ ‘ख’ मा चुनाव लड्ने

कपिलवस्तु । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कपिलबस्तुका युवा नेता गयादिन कुर्मी (दिपु) स्वतन्त्रबाट चुनाव लड्ने भएका छन् ।

लामो समय नेवि संघको अध्यक्ष रहि सर्हानीय काम गरेका कुर्मी कपिलवस्तु जिल्लाको क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ बाट चुनाव चुनाव लड्न लागेका हुन । गयादिन कुर्मी (दिपु) ले २ कार्यकाल तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्ष समेत भइसकेका छन । स्थानीय तहको चुनाव यता उनी कांग्रेसमा असन्तुष्टि रहदै आएका थिए ।

बा आमालाई टेकाउन भ्रष्टहरुलाई सेकाउन भन्ने अभियानका साथ देशभर लौरो चुनाव चिह्न लिएर लड्ने बढिरहेका वेला अहिले को चहाना युवा हुन र कपिलवस्तु जिल्लाको पहिचान सहित बिकासको अवश्यकता रहेको महसुस गर्दै आफ्नो उम्मेदवारी दिएका गयादिन कुर्मी (दिपु) ले बताए । लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएका कुर्मी स्वतन्त्र उम्मेदवार हुन । तर लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation