चुनाव प्रचारलाई तिव्र पार्दैै राप्रपा कपिलवस्तु

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तुले आगामि मंसिर चार गते हुने संघ र प्रदेश तहको निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । बुधवार लुम्बिनी प्रदेश र बाणगंगा नगर कार्यसमितिको आयोजनामा चुनावी रणनितिको बारेमा विभिन्न कार्यक्रम गरिएको छ ।

राप्रपाका केन्द्रिय सदस्य डा. माधव पन्थिको संयोजकत्वमा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति गठन गरिएको छ । जसको सह संयोजकमा क्षत्रिय अध्यक्ष प्रकाश भुषाल र सुर्यलाल चौधरी र अन्य सम्पुर्ण पदाधिकारी सदस्यमा रहने गरी क्षेत्रिय निर्वाचन परिचालन समिति गठन गरीएकोे छ । त्यस्तै उक्त भेलाले भिम शाहिको संयोजकत्वमा निर्वचन प्रचार प्रसार समिति, त्यस्तै नगर अध्यक्ष गिरिराज कडेल र प्रत्येक वडाका वडा अध्यक्षको संयोजकत्वमा सम्पुर्ण सदस्य पदाधिकारी हुने गरी वाड निर्बाचन समिति, संगठन विगभाग प्रमुख राजेन्द्र विक्रम शाहको संयोजकत्वमा वर्गिय संगठन निर्वाचन परिचालन समिति गठन गरीएको राप्रपा कपिलवस्तुले बताएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार ध्रुब रायमाझिले अहिलेको निर्वाचन पार्टी र ब्याक्ति भन्दा पनि नेपालको धर्म सस्कृति, हिन्दुत्व मान्ने, विदेशी धर्म मान्ने, राष्ट्रवादी र विदेशीको इसारामा चल्ने बिचको जनमत भएकाले देशलाई बचाउनको लागी राप्रपालाईनै जिताउनु पर्ने बताउनु भएको छ ।

संघियता खारेजी गर्नु, भ्रष्टचार मुक्त समाज निर्माण गर्नु, एम सि सि, एस पि पि लगायतका थुप्रै राष्ट्रघाती सन्धि सम्झौता खारेज गर्नु लगायतका राष्ट्रवादी मुद्धा राप्रपाले उठाएको हँुदा आफुहरुलाई विश्वास गरेर मंसिर ४ को निर्वाचनमा जिताउन रायमाझीले जनतामाझ आग्रह समेत गर्नुभएको छ । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै केन्दि«य सदस्य डा. माधव पन्थि, संगठन विभाग प्रमुख राजेन्द्र बिक्रम शाह लगायतले बोल्दै राप्रपाका नेता कार्यक्रताले मात्र जनतका समस्या बुझ्ने भएकाले पनि अहिलेको निर्वाचनमा राप्रपाका उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नुभएको छ ।

बाणगंगा नगर अध्यक्ष गिरिराज कडेलको अध्यक्षत, सागर हमालको संचालनमा सम्पन्न भएको कार्यक्रममा बैठक अगाडि स्वास्तिक शान्ती र पुजा गरेर मात्र कार्यक्रमको शुभारम्भ गरीएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation