नेकपा एमाले कपिलवस्तुको उम्मेदवारहरुलाई सम्मान तथा परिचय कार्यक्रम

कपिलवस्तु । नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको वैठक विहिवार सिद्धार्थ क्याम्पसमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य विमाला घिमिरेले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले वहुमत ल्याउने ठोकुवा गर्नु भयो । देशले जित्नु भनेको एमालेले जित्नु हो भन्दै नेता घिमिरेले पाटीका नेता कार्यकर्ता एक ढिक्का भई चुनावी अभियानमा लाग्नु पर्ने बताउनु भयो । एमालेले सरकारमा हुदा गरेका जनमुखी काम लिएर गाउँ गाउँ जनतामाझ जान समेत उहाँले सबै कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा चुनाबी योजना प्रस्तुत गर्दै जिल्ला अध्यक्ष डम्मर शर्माले देशको आवश्यकता एमालेका उमेदवारलाई जिताउनु रहेको जनाउनु भयो । वैठकले नेकपा एमालेका आधिकारीक उमेदवारलाई सार्वजनिक गरेको छ । जस अनुरुप , निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा तर्फ वलराम अधिकारी , २ मा वृजेश कुमार गुप्ता र ३ मा मंगल गुप्तालाई सार्वजनिक गरेको छ । त्यस्तै गरि प्रदेश सभा तर्फ क्षेत्र नं १ को १ मा विष्णु पन्थि , १ को २ मा मधुसुधन चौधरीलाई उमेदवारको रुपमा सार्वजनिक गरेको छ । क्षेत्र नं २ को १ मा नवराज लामिछाने , २ को २ मा धर्मवहादुरलाल श्रीवास्तव उमेदवारको रुपमा रहनु भएको छ ।

त्यस्तै गरि क्षेत्र नं ३ को १ मा अर्जुन के.सी. , ३ को २ मा रजाउ रहमान खाँ उमेदवार रहनु भएको अध्यक्ष शर्माले बताउनु भएको छ । वैठकले निर्वाचन परिचालन कमिटि , निर्वाचन परिचालन सम्बन्धि योजना निमार्ण गरेको जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनु भएकोछ । वैठकले निर्वाचन अनुगमन समिति , आर्थिक तथा क्षेत्रगत आर्थिक समिति निमार्ण गरेको जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनु भयो । वैठकले निर्वाचन प्रचार प्रसार कार्यालय व्यवस्थापन , प्रतिवद्धतापत्र सार्वजनिक लगायतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।

नेकपा एमालेका उम्मेदवारहरु उत्साहका साथ चुनाबमा लागेकाले एमालेको जित सुनिश्चित हुनेमा आम जनता विश्वस्त रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले प्रष्ट्याउनु भयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation