कृषि ,शिक्षा र सामाजिक बिकासमा आँधी ल्याउछुः घिमिरे

कपिलवस्तु । आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि कपिलवस्तु क्षेत्र नम्बर १ को (क) का बाम गठबन्धन प्रदेश सभा सदस्यका उम्मेदवार डोलक राम घिमिरेले कृषि ,शिक्षा र सामाजिक बिकासमा आँधी ल्याउने बताएका छन् ।

यस क्षेत्रमा लामो समयदेखि आफुले बनाएको निस्कलंकित परिचय र बाम गठबन्धनको उत्साहले चुनाबी मैदानमा आफ्नो बिजय सुनिश्चित हुने बताउनुभएको छ । शुक्रवार गठबन्धनको आयोजनामा बुङ्ग्चिको श्रीपेच होटलमा भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा क्षेत्रीय सभापति दुर्गा के सि प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रिय सचीब तथा प्रतिनिधि सभा १ का उम्मेदवार चक्रपाणी खनाल ( बलदेव ) रहनुभएको थियो। उक्त भेलालाइ सम्बोधन गर्दै काङ्ग्रेस बाणगङ्गा नगर सभापति बिस्नु थापाले सबै कार्यकर्ता लाई गठबन्धन रास्टि«य आवस्यकता भएकोले इमानदारी पुर्वक सबै उम्मेदवारलाई अत्यधिक बहुमतका साथ बिजय गराउन एकजुट भएर लाग्न निर्देशन गर्नुभयो ।

सोही भेलामा काङ्ग्रेसको तर्फबाट प्रदेस सदस्यका उम्मेदवार चुनिनुभएका निस्कलंकित, निस्ठाबान एबम सादगी नेता डोलकराम घिमिरेको भासण सुन्न सबै कार्यकर्ता उत्साहित रहेका थिए। भेलालाइ सम्बोधन गर्दै घिमिरेले आफुले जनताका हरेक सुख दुखमा सहजीकरण गर्दै आएको र रास्टि«य आवस्यकता अनुरुपको बाम लोकतान्त्रिक गठबन्धन भएकोले यस क्षेत्रका सबै नेता कार्यकर्ता एबम मतदाताहरुले अत्यधिक मत सहित जिताउनेमा आफू बिश्वस्त रहेको बताउनुभएको थियो।आफू सदैव सबैको घर आगन मै रहिरहेको यस क्षेत्रमा कृषि, शिक्षा ,स्वास्थ्य र भौतिक तथा सामाजिक बिकासलाइ प्रारथमिकताका आधारमा जनता सामु देखाएर यस क्षेत्रको आमूल परिवर्तन गरि जनतामा खुसिको आँधी ल्याउने बताउनु भएको छ।

कार्यक्रममा गठबन्धनका सबैले आतिथ्यता संगै शुभकामना तथा आआफ्ना नेता कार्यकर्तालाइ इमानदारी पुर्वक रास्टि«य स्तरमै सत प्रतिसत बहुमत ल्याउन भरपुर कसरत गर्न निर्देसन गरेका थिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation