रुपन्देही ५ लाई नेपाल कै नमुना निर्वाचन क्षेत्र बनाउनेछु : बासुदेव घिमिरे

सैनामैना । रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ लाई नेपाल कै नमुना निर्वाचन क्षेत्रको को रुपमा विकास गर्ने सो क्षेत्रबाट प्रतिनिधि सभामा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका बासुदेव घिमिरेले बताउनुभएको छ । पार्टीको निर्वाचन परिचालनको क्षेत्रिय कार्यालयको सैनामैनाको कलाैनिमा उद्घाटनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उमेदवार घिमिरेले सो कुरा बताउनुभएको हो ।
देशभर चुनावि सरगर्मी ह्वात्तै तातेको छ । यतिबेला निर्वाचनले हर क्षेत्रमा नयाँ आयाम ल्याएको छ । कुन नेता कहाँ के बोल्दछन भन्ने जिज्ञासाको विषय बन्ने गरेको छ ।
तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर समेत रहेका घिमिरे एक विकासका लागि टेस्टेड प्रतिनिधि हुन । उनले धेरै सुचकहरुबाट आफु प्रमुख रहेको पालिकालाई दुईपटक सम्म नेपाल मै प्रथम बनाउन सफल भएका थिए । संसदमा प्रतिनिधिका रुपमा आफुलाई पठाइएको खण्डमा यश क्षेत्रको सान र मान बढ्नेगरी आफुले काम गर्ने उहाँले बताउनुभएको छ ।
सो क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि बासुदेव घिमिरे प्रदेश सभाका लागि क बाट भुमिश्वर ढकाल र ख बाट रामचन्द्र यादव उम्मेदवार हुनुहुन्छ ।
उहा यतिबेला निर्वाचन उन्मुख कार्यक्रममा व्यस्त देखिनुहुन्छ । आज मात्र सैनामैना १० र ८ नं वडाको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation