मायादेविका निवर्तमान अध्यक्ष बजरंगी र माधुरी एमालेमा प्रबेश

कपिलवस्तु । वर्तमान प्रदेश मन्त्री शहष राम यादवका मुख्य सहकर्मी एवम मायादेवि गाउपालिकाका निवर्तमान पालिका अध्यक्ष बजरंगी चौधरीले जसपा र सहषराम यादवको साथ छाड्नु भएको छ । शहषरामले उम्मेदवारी दर्ता गर्ने दिन जसपा छाडेर कांग्रेस प्रबेश गरि प्रदेश सांसदको टिकट लिएपछि बजरंगीले एकसाथ दुबैलाई छाडेर एमालेलाई रोज्नु भएको हो । पकडीमा आयोजित निर्वाचन प्रचार प्रसार कार्यलय उद्घाटन समारोहमा बजरंगी एमालेकी पोलिट ब्यूरो सदस्य विमला घिमिरेको हातवाट टिका लगाएर एमाले प्रबेश गर्नु भयो ।

जसपाका प्रदेश कमिटी सदस्य रहनु भएका बजरंगीसंगै मायादेवि गाउपालिकामा यसपालीको स्थानीय चुनावमा लडेर २ सय ५० मतको अन्तरमा पराजित भएकी उपाध्यक्ष पदकी उम्मेदवार एवम जसपा नेतृ माधुरी अग्रहरी समेत एमाले मै प्रबेश गर्नु भएको छ । बजरंगी र माधुरीको एमाले प्रबेश संगै एमाले मन्त्री शहषराम यादवलाई ठूलो धक्का लागेको छ । एमाले प्रबेश समारोहमा बोल्दै नेता बजरंगीले अवको सरकारको नेतृत्व र देशको भविश्य दुबै एमालेको हातमा हुने स्पष्ट भएपछि आफू एमाले प्रबेश गरेको वताउनु भयो ।मधेस वाहुल्य क्षेत्र १ को २ मा एकाएक मजवुत बनेको एमालेका केन्द्रिय नेता बलराम अधिकारीले वताउनु भयो । त्यसो त गत प्रदेश सभा चुनावमा हालका मन्त्री सहषराम यादवसंग ४०० मतान्तरतमा हारेका मधुसुधन शरण चौधरी नै यसपाली एमालेमा प्रबेश गरेर उम्मेदवार भएकाले एमाले यसै बलियो थियो ।

त्यसमा पनि बजरंगी र माधुरीको आगमनले एमाले झनै मजवुत बनेको एमालेका अध्यक्ष डम्मर शर्माले वताउनु भयो । बजरंगी आफैमा बलियो पकड भएका नेता हुन । त्यसमा पनि उनी एमाले प्रबेश गरेपछि प्रदेश क्षेत्रको जित सुनिश्चित हुनुका साथै संघिय क्षेत्र समेत सहजै जित्ने अवस्था आएको एमाले क्षेत्रिय कमिटीका सचिव विनोद चौधरीले वताउनु भयो । सोही कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं ११ बाट नेपाली कांग्रेस परित्याग गरि ७५ जना एमालेमा प्रवेश गरेको जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनु भयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation