रूपन्देहीमा भौतिकसँगै मानवीय विकासमा केन्द्रित छौंः विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा भौतिकसँगै मानवीय विकास आफू केन्द्रित रहेको बताएका छन् । एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को वडा भेलालाई शनिबार बिहान संवोधन गर्दै नेता पौडेलले भौतिक विकासमा रूपन्देही धेरै अगाडि पुगिसकेकोले अब आफूहरू मानवीय विकासमा लागेको बताए । रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका प्रभावशाली नेता पौडेलले जिल्लालाई भौतिक र मानवीय दुवै विकासले अग्रणी बनाउने बताए ।

रूपन्देही–२ मा चुनाव जित्न एमालेलाई कसैसँग प्रतिष्पर्धा नभएको बताउँदै सबैभन्दा धेरै मतान्तरले जित्ने दौडमा एमाले रहेको पौडेललको भनाइ छ । गएको निर्वाचनमा एमालेका उम्मेदवार सबै दोब्वर जस्तै मतान्तरले जितेको बताउँदै यो पटक त्यसलाई मतान्तरलाई अझै बढाउने गरी लाग्न कार्यकतालाई निर्देशन दिए । ‘एमालेलाई जितको प्रश्न होइन रेकर्ड ब्रेक गर्न चाहनछौ’ नेता पौडेलले भने ।

गएको पालिका निर्वाचनको मत परिणामप्रति लक्षित गर्दै पौडेलले भने, ‘सधै हिडिरहेको आगनमा पनि कहिलेकाही चिप्लिएर लडिन्छ । तर, पालिका चुनावको नतिजाले एमाले नेता÷कार्यकतालाई पाठ सिकाएको छ । यो चुनाव २०७४ को प्रतिनिधिसभा÷प्रदेशसभा मत परिणाम ब्रेक गर्ने गरी नेता÷कार्यकता लाग्नुपर्छ ।’

रूपन्देही क्षेत्र नम्बर २ ९२० का प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले आफूले सधै युवालाई प्राथामिकता दिएर अगाडि बढने बताए । ‘बुटवलमा अबको विकास भौतिकसँगै मानवीयको पनि हुनेछ । म सधै सामाजिक रुपान्तरण लाग्दै युवालाई प्राथामिकताका साथ अगाडि सार्ने मेरो सोच छ’ श्रेष्ठले भने ।

कार्यक्रममा एमाले वडा इन्चार्ज युवराज घिमिरेले पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन सबै पार्टीका कार्यकताहरु मिहिन ढंगले जुटन सबैलाई आग्रह गरे । सो अवसरमा राष्ट्रिय जनमोर्चा छाडेर एमाले प्रवेश गरेका शिव खनाल र प्रदीप खनाललाई उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा बोल्दै शिव खनालले देशको बलियो नेतृत्व गर्ने पार्टी एमालेमात्र देखेर आफूले एमालेमा प्रवेश गरेको बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation