सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमवार एक विज्ञप्ति निकालेर भोलि मङ्गलवार कात्तिक १ गते जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

शताबी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation