![](https://upakaronline.com/wp-content/uploads/2022/10/1572311064bhaitika-670x420.jpeg)
काठमाण्डौ । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो । नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो ।
त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।