पटनालाई सडक संजाल र पुर्वाधारमा जोड्ने काम गरेका छौं: विष्णु पन्थी

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नंं.१ (क) प्रदेश सभाका उम्मेद्वार विष्णु पन्थीले बाणगंगाको पट्नालाई सडक संजाल र पुल निर्माणको पुर्वाधार विकासमा जोड्ने काम अगाडि बढाएको बताउनुभएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाणगंगा १० का मतदाता भेटघाटका क्रममा उहाँले पट्नाको विकासमा आफु तल्लीन रहेको बताउनुभयो ।

मुख्य राजमार्गसंग जोड्ने गोबड्डिहवा, पिपरा–धरमपुर, मेचकुरी पट्ना–पतरिया, लवनी–सिवलवा हुंदै नेपाल भारत सीमा सम्मको सडक खण्ड कालोपत्रे समेत एमाले सरकारको बेला प्रदेश सांसद हुंदा पन्थीकै पहलमा भएको हो । यता बैदौली, कोपवा—देउवापार हथौसा, वरवा—सोनपुर पट्ना हुंदै रुपन्देही जोड्ने सडकखण्ड र ओदारी भड्सडवा प्रगतिनगर, पट्ना हुंदै रुपन्देही जोड्ने सडकखण्ड पनि पन्थीकै पहलमा कालोपत्रे गर्ने प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

त्यस्तै पन्थीकै पहलमा प्रदेश सरकारको बजेटमा बनगवाको काठेपुल हटाई पक्कि पुल निर्माण भएसंगै स्थानीयलाई धेरै सहज भएको भेटघाटका क्रममा मतदाताले बताएका छन् । भावपुर बनकट्टी भेलरैया बहादुरपुर विरपुर मिलन चोक हुंदै नौगैया सडकलाई कालोपत्रे गर्ने प्राथमिकतामा राखेकाले एमालेको सरकारले पुरा गर्ने बताउनुभयो । त्यस्तै पट्ना स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि बर्थिङ सेन्टर सञ्चालन गर्ने र प्राविधिक धार तर्फको शिक्षालाई यथाशिघ्र सञ्चालन गर्ने बताउनुभयो । अबको ५ बर्षमा पट्नालाई उज्यालो पट्ना बनाउने पन्थीले प्रतिवद्धता व्यक्त गर्नुभयो । क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिका संयोजक विश्राम प्रसाद थारुले पटनाको विकास र समृद्धिको लागि एमालेलाई जिताउनुपर्ने बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation