यी हुन् गठबन्धनका उम्मेदवारलाई जिताउन कपिलवस्तुका चुनावी कमाण्डर

कपिलवस्तु । नेपाली काँग्रेसले केन्द्रमा गठन गरेको दुई वटा समितीमा कपिलवस्तुका ७ जनालाई चुनावी कमाण्डरको रुपमा खटाईएको छ । प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा बाम गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीले गठन गरेको केन्द्रिय प्रचार प्रसार समितीमा निर्वतमान केन्द्रिय सदस्य अतहर कमाल मुसलमान र पार्टीका नेताहरु राजेश ज्ञवाली र मेघराज टण्डन सदस्य छन । त्यसै गरि काँग्रेस केन्द्रले बनाएको केन्द्रिय परिचालन समितीमा हालकी केन्द्रिय सदस्य रुपा बिक सगै निर्वतमान आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, युवा नेताहरु अकिल मिया र आशीष कुमार उपाध्याय सदस्य छन ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अशोज ११ गते पार्टी बिधान बमोजिम केन्द्रिय सदस्य एवम प्रवक्ता डा। प्रकाशशरण महतलाई प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को केन्द्रिय प्रचार प्रसार समितीको संयोजकमा नियुक्त गरेका थिए । सो समितीमा अशोज ३१ गते काँग्रेसका निर्वतमान केन्द्रिय सदस्य अतहर कमाल मुसलमान र युवा नेता राजेश ज्ञवालीलाई मनोनयन गरिएको थियो । सो समितीमा पुनः कार्तिक २ गते कपिलवस्तुकै मेघराज टण्डन सदस्य मनोनयन भएका थिए ।

त्यसै गरि सभापति देउवाले अशोज ३० गते केन्द्रिय सदस्य तथा पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित १ सय ९ सदस्यिय प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को केन्द्रिय परिचालन समिती गठन गरे । गठित समितीमा कपिलवस्तुकी रुपा बिक सदस्य छिन । सोहि समितीमा कार्तिक २ गते काँग्रेस नेताहरु राजेश सिंह, अकिल मिया र आशीष कुमार उपाध्याय मनोनित भई थपिएका थिए ।

कपिलवस्तु जिल्लामा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यमा क्षेत्र नम्बर १ बाट माओबादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) उम्मेदवार छ । त्यसै गरि क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य र क्षेत्र नम्बर ३ मा काँग्रेसका निर्वतमान आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाहलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बलदेव) उम्मेदवार भए सगै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका ललित गूरुङ्गलाई भित्री सहयोग गर्दै आएको आरोप युवा नेता आशिष कुमार उपाध्याय माथी लाग्दै आएको थियो । तर असन्तुष्ट पक्षको अगुवाईको आरोप लागेका नेता उपाध्याय आफै केन्द्रिय परिचालन समितीको सदस्य मनोनयन भए सगै अब उनले सबै आरोपलाई चिर्दै खुलेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नु पर्ने नैतिक दबाव सिर्जना भएको राजनितीक बृत्तमा चर्चा हुन थालेको छ । “गठबन्धनका उम्मेदवारलाई जिताउनका लागी काँग्रेस केन्द्रले गठन गरेको केन्द्रिय परिचालन समितीको सदस्यको हैसियतले नेता उपाध्यायले अब यि सम्पुर्ण आरोप चिर्नु पर्ने बेला आएको छ ।” गठबन्धनका एक नेताले भने ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation