कपिलवस्तुमा सशस्त्र प्रहरीको सवारी दुर्घटना दुई जनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका – ३ मा शसस्त्र प्रहरी बल बेस क्याम्प पिपराको गाडीले ब्रेक फेल भएर ठक्कर दिदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पैदल यात्री र एक जना शसस्त्र प्रहरीका जवान रहेका छन।

ब्रेक फेल भएर साइकल यात्रुलाई सो गाडीले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ घटनास्थलमा प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको छ । ब्रेक फेल भएको गाडी सडकको छेउको घरमा गएर ठोक्कीन पुगेको थियो

घटना शसस्त्रका ६ जना घाइते भएका छन । मृतकको सनाखत हुन सकेको छैन भने घटनाबारे थप अनुसन्धान भई रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation