मेरो कामलाई जनताले देखेका छन् त्यसकारण मैले जित्छुः पूर्वमन्त्री शाह

कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तु क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्व मन्त्री अकवाल अहमद शाहले आफुले गरेको कामलाई देखेर मतदाताले भोट दिने बताएका छन् ।
कपिलवस्तुको तौलिहवा लगायत क्षेत्र नम्बर २ का विभिन्न स्थानमा कार्यकर्ता तथा मतदातासंग भेटघाट गर्ने क्रममा शाहले यो कुरा बताएका हुन् ।

मतदाता भेटघाटका क्रममा उम्मेद्वार शाहले मतदाताको भोटको सदैव कदर गर्ने प्रतिवद्धता व्यक्त र्गुभएको छ । संघीयता र लोकतान्त्रिक समाजवादका लागी पनि लोसपालाई जिताउनु पर्ने उहाको भनाइ छ । शाहले आफू २५ दिनका लागि कृषि मन्त्री भए पनि यस क्षेत्रमा गरेको कामलाई देखेर मतदाताले आफ्नो मतको सदुपयोग गर्ने बताउनु भयो । उहाँले कपिलवस्तु जिल्लाको पहिचान सहित विकासलाई निरन्तरता दिने बताउदै स्थानियको आवश्यकता र मागलाई आफुले नजिकैबाट अनुभव गरेको बताउनुभयो ।

उम्मेदवार शाहले निर्वाचनका बेला मात्र आफु जनता समक्ष नआउने भन्दै जनताको हरेक सुख दुःखमा आफु सदैभ साथ रहेको बताउनुभयो । पुर्व मन्त्री एवं उम्मेदवार अकबल अहमद शाहका अनुसार आफुले गरेका कामको प्रचार प्रसार गर्न मन लाग्दैन तर मलाई यस क्षेत्रका जनताले राम्रो संग चिनेकाले र आफुले गरेको कामको मुल्यांकन गरी आफ्नो मतको सहि सदुपयोग गर्नेमा आफु ढुक्क भएको बताउनुभयो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation