रुपन्देही ५ को चुनाबी कमान्डर पूर्व मन्त्री मोहम्मद वकिल मुसलमान

उपकार अनलाइन, रुपन्देही ।

बाम–लोकतान्त्रिक गठबन्धन रुपन्देही ५ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पाच दलिय गठबन्धनको निर्वाचन परिचालन समिति अध्यक्ष वसिउल्लाह मुसलमानको अध्यक्षता, प्रतिनिधि सभा साम्सदको उम्मेदवार भरतकुमार शाहको प्रमुख आतिथ्यता, पुर्ब बनमन्त्री मोहम्मद वकिल मुसलमान, प्रदेशसभा ५ (१) का उम्मेदवार बिनोद पहाडी, ५ (२) का उम्मेदवार फकुरुद्दिन खानको बिशिस्ट आतिथ्यतामा शनिवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पाच नम्बर निर्वाचन क्षेत्र इन्चार्ज हिरा बहादुर रोका (अमर) ले स्वागत गरेका थिए ।

माओवादी केन्द्रका सैनामैना अध्यक्ष मान बहादुर महतले पालिकाहरुको चुनावी अवस्था, भाबी रणनीतिको बारेमा जानकारी मुलुक रिपोर्टिङ गरेका थिए । भेलाले मोहम्मद वकिल मुसलमान सम्योजक, बिष्णु पोख्रेल सह सम्योजक रहेको ५ हजार ५ सय ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation