रुपन्देहीमा राती १० बजेसम्म मात्र देउसी–भैलोे खेल्न पाइने

उपकार अनलाईन, सैनामैना ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमती दिएको छ । कार्यालयले शनिबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायू प्रदुषण गर्ने लगायतका गतिविधि नगरि देउसी खेल्न आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ रातको १०ः०० बजे पछि देउसी भैलो खेल्ने, देउसी भैलो खेल्दा राजमार्ग तथा सहायक राजमार्ग अवरोध गर्ने, बढि रकम असुल्न बाध्यतामा पार्ने जस्ता असामाजिक किसिमका गतिविधि नगर्न नगराउनुहुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध छ। साथै यस्ता किसिमका गतिविधिहरु गरेको पाईएमा कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ ९पटाका० सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation