मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुको जिम्मा घिमिरेलाई

उपकार अनलाईन, बाणगंगा ।
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले माधव घिमिरेको नेत्रृत्वमा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । शान्ति समाजको आइतवार जितपुरमा आयोजित चौथो जिल्ला साधारण सभाबाट घिमिरे सभापतीमा चयन भएका हुन् ।

जसको उपसभापतिमा पशुपति मणि त्रिपाठि,सचिव बुद्धिसागर बेल्वासे,कोषाध्यक्ष सीता मल्ल,सह–सचिव विष्णु पन्त पाण्डे ,सदस्यहरुमा शिव कुमार कार्कि,महेश पन्थ,लक्ष्मण कार्कि,कृष्ण प्रसाद भट्टराई ,विन्धवासिनि हरिजन र विनिता आचार्य रहनु भएको छ ।

No description available.

साधारण सभामा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी उपमेयर रिता चौधरीले ‘गास,बास,कपास लगायत शान्ति सुरक्षा राम्रो भयो भने मानव अधिकार हुने र मानव अधिकार बादीहरुको भुमिका बारेमा समेत प्रस्ट्यादै अहिंशाको विरोध गर्दै समाजलाई शान्ति स्थापना गर्न शान्ति समाजले धेरै पहल गरेको बताउनु भयो । साथै उहाँले युवाहरुलाई नगरले युवा लक्षित कार्यक्रम गर्दे आएको समेत जनाउनुभएको थियो ।
विशिष्ट अतिथि मानव अधिकार तथा शान्ति समाज केन्द्रिय सभापति गोविन्द खनालले छोटो समयमा धेरै उदारणिय बन्न सफल कपिलबस्तु शाखाले जिल्लामा मात्रै होईन केन्द्रमा पनि यस्ले छुटै पहिचान बनाएको बताउनु भयो । स्थापना भएको चार वर्षमा धेरै प्रगति गरेको बताउदै यसले आवाज विहिनहरुको आवाजको काम गर्दै आएको तर्क गर्नुु भएको थियो । केन्द्रिय सचिव मिना ढकालले शान्ति समाजले हरेक क्षेत्रमा काम गर्दै आएको बताउदै समाज रुपान्तरणमा यसको ठुलो भुमिका रहेको बताउनुभएको थियो । कपिलवस्तु शाखा सभापति गोबिन्द पोख्रेलले २४ औँ राष्ट्यि परिषदको आयव्याय प्रस्तुत गदैै शान्ति समाजले जिल्लामा गरेको कामको बारेमा बताउनु भएको थियो ।

शान्ति र मानवाधिकार का पक्षमा थुप्रै कार्यक्रम सम्पादन गरेको बताउदै उहाँले सहयोग र साथ दिने सम्पुर्णमा धन्यवाद दिनु भयो ।कार्यक्रममा केन्द्रिय सदस्य दिल बाहादुर कार्की, निवार्चन अधिकृत रविराज आचार्य,कलिवस्तु व्यापार संघ कपिलवस्तु बरिष्ठ उपाध्यक्ष खिमानन्द पोख्रेल कोपिल, शान्ति समाज आजिवन सदस्य बासुदेव घिमिरे लगायतले बोल्दै शुभकामना व्यक्त गर्दै विभिन्न सामाजिक क्षेत्रमा काम गरेको शान्ति समाजले समाजको आवाज बनेको बताउनु भयो । समाजिक सचेतना जगाउ भुमिका धेरै रहेको बताउदै शान्ति समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

No description available.

कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सन्जु कुमार सारु,वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मी मगर,कार्यपालिका सदस्य सारदा परियार, जेसिसका अध्यक्ष गुरुदेव पौडेल नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्वासे लगायत विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो । शाखा सभापति पोख्रेललको अध्यक्षता जिल्ला उप–सभापति पशुपतिमणि त्रिपाठिको स्वागत मन्तव्यमा भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation